Search the whole world

Tuesday, November 22, 2011

दुष्ट छिमेकी

म सानो छँदा
दक्षिणको छिमेकी
मेरो आँगनमा
भालु, बादँर र सर्प नचाउन आउँथे ।
गोल्डफ्याकाको गोल्टिन थापी
मसँग दान माग्थे,
काँचै खुवाएर, तन्दुरुस्ती बनाउन,
आमाले दिनुभएको कुखुराको अन्डा,
लुकी चोरी बेचेर कमाएको सुकी
गोल्डफ्याकाको गोल्टिनमा खसाल्दा,
म गौरवले छाती फुलाउँथेँ ।

आजभोलि
मेरो देशमा
हुरी-बतास, आँधीसँगै
एक दिनमा एक युग
जब आउँछ,
दक्षिणको छिमेकी
धोती सुर्क्याउँदै,
असारे भाका हाल्छ,
र मेरा "जन-नायक"हरुलाई
भालु, बाँदर र सर्पलाई झैँ नचाउँछ,
र छाती ठोक्दै
मसँग मेरो देश माग्छ ।
मेरो सुस्तालाई सास्ती गर्छ

र गैमनले झैँ फुँकार्दै फन्का मारेर
ओथारो बस्न खोज्छ,
मानैँ मेरो देश
उसले भरखर्रै पारेको
सुनको अण्डा होस् ।

श्रम गछौ पसिनाको मूल्य पाइँदैन

श्रम गछौ पसिनाको मूल्य पाइँदैन
हाम्रो पीर व्यथाको गीत कतै गाईदैन
महल बन्छन् दरबार बन्छन् हामै पसिनाले
तर हाम्रो झुपडी त्यो कहिलै छाईदैन
संगठित बने पक्कै आउँछ हाम्रो दिन
शोषक र सामन्तीको पछि धाईदैन
बुझौँ हामी श्रमजीवी कामदार वर्ग
सचेत बने हामी आजै धोखा खाईदैन ।