Search the whole world
Wednesday, October 26, 2011
खायो टिस्टा खायो सुस्ता खायो कालापानी देशै पूरै खान सक्छ गरे आनाकानी खुम्चदैछ रगतको सीमारेखा आज बन्धकी पो बन्ने हो कि हाम्रो जिन्दगानी अरुण लग्यो कोशी लग्यो लग्यो महाकाली यो देशको नदिनाला लग्यो छानीछानी उसैको एक इसाराले यो देश चल्दछ मुलुक यो खाने भयो सबै जानाजानी गोला बारुढ उसैको हो उसकै धनपैसा हेपिरा'छ सधैँभरि ठूलो दाजु ठानी आँसु पिएर आगो बाले पो जीन्दगी हो आशा उज्यालो मनमा पाले पो जीन्दगी हो । बाटो कठिन हुन्छ उकाली चढ्नलाई यसतै कठिन यात्रा थाले पो जिन्दगी हो दुःख साँचेर राखे काँडा बन्छ आफै काँडा झिकेर टाढा फाले पो जिन्दगी हो। माग्नु हुँदैन पैँचो पानी आफ्नै घाउ धुन आफ्नो दाग आफै पखाले पो जिन्दगी हो। कहाँ हुन्छ न्यानो आफै चिसो हिउँ बन्दा मुटु झिकेर आफ्नै पगाले पो जिन्दगी हो। चढ्नेहरु झर्छन् हिँड्नेहरु नै लड्छन् फेरि उठेर पाइला चाले पो जिन्दगी हो।* श्रम गछौ पसिनाको मूल्य पाइँदैन हाम्रो पीर व्यथाको गीत कतै गाईदैन महल बन्छन् दरबार बन्छन् हामै पसिनाले तर हाम्रो झुपडी त्यो कहिलै छाईदैन संगठित बने पक्कै आउँछ हाम्रो दिन शोषक र सामन्तीको पछि धाईदैन बुझौँ हामी श्रमजीवी कामदार वर्ग सचेत बने हामी आजै धोखा खाईदैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment