Search the whole world

Sunday, October 30, 2011

मेरो माया पचेन रे, हाजमोला पो खान्छु भन्छे ! गांठिस केटा भेटे अर्कै, पोइला पो त जान्छु भन्छे ! जाने भए जाऊ त नि, छेक्ने कुरो आएन, लौ राम्ररी जाऊ है, मलाई पनि बालै भएन ! दिनु सम्म, छाती चिरी, माया मैले दे' कै हो ! च्यात्नु सम्म, मनै च्याती, चोखो पिरती ला' कै हो ! लक्ष्मी नारायण को अगाड़ी, भावना को काम भएन ! लौ माया राम्ररी जाऊ, मलाई पनि बालै भएन !! एउटा गए अर्को आउछ, त्यों गए झंन अर्को ! उसलाई भुल्न बियर खाको, घांटी मै पो सर्क्यो ! लोकल ठर्रा चाहियो अब, छुसी बियर ले काम भएन ! लौ, साईली राम्ररी जाऊ है बा', मलाई पनि बालै भएन !

No comments:

Post a Comment